युवा निर्माण व्यवसायी भट्ट सुप प्रदेश निर्माण व्यवसायी महासंघ सदस्यमा चयन

कञ्चनपुर ।
सुदुरपश्चिमका एक युवा निर्माण व्यवसायी प्रदेश निर्माण व्यवसायी महासंघ सदस्यमा चयन भएका छन ।
कञ्चनपुर महेन्द्रनगरका स्थानीय समेत रहेका युवा निर्माण व्यवसायी दिपक प्रशाद भट्ट सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघ सदस्यमा चयन भएका हुन ।
४भदौँ ०८३ सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको बैठकले विधान ०७५ को दफा ११ को उपदफा २ अनुसार भट्टलाई प्रदेश सदस्यमा मनोनित गरेको जनाएको छ । सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष लक्ष्मण कुँवर स्वाँरले भट्टको आवश्यकता अनुरुप प्रदेश सदस्यमा मनोनित गरेको बताएका थिए ।
निर्माण व्यवसायी संघ कञ्चनपुरका निर्वतमान कोषाध्यक्ष समेत रहेका भट्टलाई प्रदेश महासंघको सदस्य जिम्मेबारी दिईएको छ ।
शुक्रबार एक कार्यक्रमका विच सदस्य भट्ट सहितका अन्य मनोनित भएका सदस्यहरुलाई समेत सपथ तथा पदभार ग्रहण गराईएको छ ।

प्रदेश महासंघ सदस्यमा मनोनित भएका युवा निर्माण व्यवसायीले आफुलाई पार्ईएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने संकल्प दिएका छन ।
नेशनल कन्स्ट्रक्सन प्रालिका संचालक समेत रहेका भट्ट पछिल्ला बर्षहरुमा विश्वासिला काममा दखल राख्दै आएका छन । समय वा अवागै काम सम्पन्न गर्दै आएपछि उनलाई विभिन्न सरकारी कार्यालयबाट सम्मान पुरस्कार प्रदान गरिएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.