कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका ग्रामिण क्षेत्रका स्थानीय महिलाहरुले गाँउका समस्या समाधानका लागि स्थानीयदेखि माथिल्ला सरकार निकायसंग माग अघि सारेका छन ।
भीमदत्त नगरपालिका १८ र १९ का स्थानीय महिलाहरुले गाँउका समस्या समाधानका लागि स्थानीय देखि माथिल्ला सरकार निकायसंग माग अघि सारेका हुन ।
बिहीबार निड्स नेपालले महेन्द्रनगरमा आयोजना गरेको समुदायका सवालहरु समाधानका लागि सरोकारवालासंग पैरवी बैठक कार्यक्रममा सहभागिहरुले गाँउका समस्या समाधानका लागि माग अघि सारेका हुन ।
निड्स नेपाल महिला सशक्तिकरण केन्द्र पैरवी परियोजना संयोजक नविन भट्टले गत विगतका बर्षहरुमा समुदाय स्तरबाट छनौट माग भएका योजनाहरु अहिले केही चालु आर्थिक बर्षमा भीमदत्त नगरपालिकाले सम्बोधन छनौट गरेको बताए ।

उनले समुदायका समस्या सरोकारवालासंग राखेर समाधानका लागि पैरवी गरिएको बताए । उनका अनुसार सडक, जलवायुमैत्री कृषिखेती तालिम, बन्यजन्तुबाट जोगिन मचान निर्माण लगायतका योजना समावेस गरिएका छन । ‘हामीले बस्तीस्तरबाट आएका समस्या वडा,पालिका मार्फत समस्या समाधान गछौँ, ‘उनले भने, ‘वडा पालिका सहित समुदाय आफैले समेत सिधै पनि पैरवी गरिरहेका छन ।’
कार्यक्रममा सरोकारवालाहरुले समेत समुदायबाट उठान भएका समस्या समाधानका लागि प्रतिबद्धता जाहेर गरेका छन ।
भीमदत्त नगरपालिका महिला शाखा प्रमुख कुन्ती लेखकले महिलाका समस्या शाखाबाट समाधानका लागि बचन दिएकी छिन ।
भीमदत्त नगरपालिका १८का वडा सदस्य हेम बहादुर बस्नेतले समुदायबाट आएका माग वडाबाट पहल गरिने नभए पालिका मार्फत गरिने बताए । भीमदत्त नगरपालिका १९का वडाध्यक्ष जग्गुराम चौधरीले वडामा सिमित स्रोत साधनका बाबजुत पनि समाधान गरिने बताए । कार्यक्रममा निड्स नेपालका उपाध्यक्ष तारा धामीले समुदायका महिलाका सवालमा सरोकारवालासंग पैरवी गरेर महिला शसशक्तिकरणमा जोडदिएका छन । कार्यक्रममा महिला सशक्तिकरण केन्द्रका सदस्य सहितका जनप्रतिनिधी सरोकारवाला सहभागि भएका थिए ।
