कञ्चनपुर ।
कञ्चनपुरको महेन्द्रनगरमा प्रदेश स्तरिय पुर्नस्थापना केन्द्र भवन निर्माण हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले भीमदत्त नगरपालिका १८महेन्द्रनगर सालघारीमा प्रदेश स्तरिय पुर्नस्थापना केन्द्र भवन निर्माण हुने भएको हो ।
बिहीबार एक कार्यक्रमका विच भवनको शिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेश समाजिक विकासमन्त्री सन्तोष कुमार शर्माले शिलान्यास गर्दै भवन निर्माणसंगै अब प्रदेशका लैङिक हिन्सामा परेका महिलाको उद्दारदेखि पुर्नस्थापना हुने बताईन । महिला समुत्थान परियोजना अनुगमन मुल्याङकन विज्ञ कमान सिह विष्टले एसियाली विकास बैकको आर्थिक सहयोगमा भवन निर्माण हुन लागेको बताए । उनका अनुसार ३४ कोठा, ८२ बेड सहितको आधुनिक भवन निर्माण हुनेछ । भवन निर्माणका लागि एएनके जोशी शंकर जेभीले ११ करोड, ४९लाख, ३६ हजार, १५४ रुपैयामा दुई बर्षभित्रै निर्माण गर्ने गरेर सम्झौता गरेको छ । निर्माण कम्पनीले समेत सम्झौता अनुरुप समयमै काम गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
महिला समुत्थान परियोजना लैङ्गिक हिन्सा प्रतिकार्य विज्ञ मेनुका विष्ट (बस्नेत) ले यस अघि सुदूरपश्चिम प्रदेशमा सेफ हाउस नभएको अवस्थामा अब स्थायी रुपमै हुने बताईन । उनले बहुआयामिक उक्त सुरक्षित घरमा हिन्सा पीडित महिला, बालबालिकाको उद्दारदेखि समाजमा पुर्नस्थापनासम्मका सबै कार्य हुने बताईन ।
कञ्चनपुरकी महिला अधिकारकर्मी भुवन कुँवरले सुदूरपश्चिममै स्थायी सुरक्षित आवास बन्ने भएपछि अब हिन्सामा परेका महिलाका लागि सहज हुने बताईन । भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले प्रदेशभरीकै भीमदत्त नगरका सुरक्षित आवास निर्माणसंगै हिन्सामा परेका महिलालाई न्याय दिलाउन सहज हुने बताईन ।
