भोटेकोशी त्रिशुली वाढी पीडितका लागि महेन्द्रनगरका युवा औषधी व्यवसायी महराद्वारा एक लाख सहयोग 

कञ्चनपुर ।

भोटेकोशी त्रिशुली नदीमा आएको विनासकारी वाढीबाट प्रभावित नागरिको उद्दार, राहतका लागि कञ्चनपुरका एक युवा औषधी व्यवसायीले आर्थिक सहयोग गरेका छन ।

भीमदत्त नगरपालिका ६ऐठपुर महेन्द्रनगरका औषधी व्यवसायी दिपेन्द्र सिह महराले वाढी पीडित नागरिको उद्दार, राहतका लागि एक लाख रुपैया आर्थिक सहयोग गरेका हुन ।

महेन्द्रनगर ऐठपुरमा रहेको दिपेन फार्मेसीका संचालक समेत रहेका महराले बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले महराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त एक लाख रुपैया ट्रान्सर्फ गरेका छन । भीमदत्त नगरपालिका ७ हल्दुखालका स्थानीय समेत रहेका युवा व्यवसायी समेत महराले देश संकटको घडीमा आफ्ना निजी समस्या थाती राखेर सहयोग गरेका हुन ।

उनले सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै विपदको घडीमा पीडित नागरिकलाई राहत र सरकारलाई काम गर्न सहजताका लागि सहयोग गरेको बताए । महराले अन्य सहयोगमनहरुलाई समेत आब्हान गरेका छन ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.