दार्चुला । नौगाड गाउँपालिका–५ स्थित समैजी माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेका छन्।
विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट संकलित १३ हजार ५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको शिक्षक उपेन्द्र सिह ठगुन्नाले जानकारी दिए ।
बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरी कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।

