दार्चुला । भोटेकोसी बाढीमा फसेका दार्चुलाका बाह्र जनाको सकुशल उद्धार गरिएको छ। शैल्यशिखर नगरपालिका–१ का उनीहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ।
उद्धार हुनेमा ४२ वर्षीय चन्द्रबहादुर खडायत, ४६ वर्षीय सबिर खडायत, २९ वर्षीय शम्भु खडायत, २४ वर्षीय धिर्कबहादुर खडायत, ३९ वर्षीय बसन्त खडायत, ४१ वर्षीय दानबहादुर खडायत, २० वर्षीय शशी खडायत र ४८ वर्षीय लालबहादुर खडायत, मदन खडायत, लालमनी खडायत, पानबहादुर खडायत, गणेश खडायत श्रवण तितरा रहेका छन्।
उनीहरूलाई बाढीबाट सुरक्षित रूपमा उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको प्रहरीले जनाएको छ। उनीहरूलाई घरसम्म पुग्नको लागि शैल्यशिखर नगरपालिका –१ ले एक लाख रूपैया यातायात खर्च व्यवस्थापन गरेको वडा अध्यक्ष भरतबहादुर खडायतले जानकारी दिए ।
रसुवा बाढी प्रभावित १२ जनालाई घर फर्काउन वडाध्यक्षको एक लाख सहयोग
