हाडनाता करणी मुद्दामा फरार दार्चुलाका दुई जना पक्राउ

दार्चुला । हाडनाता करणी मुद्दामा फरार दार्चुलाका दुई जना पक्राउ परेका छन्।

जिल्ला अदालत दार्चुलाको फैसलाले नौगाड गाउँपालिका–६ का २३ वर्षीय पदम सिंह धामी र सोही स्थानकी २२ वर्षीया गोबिन्दी धामीलाई जनही १ वर्ष १ महिना कैद तथा १० हजार रुपैयाँ जरिवाना तोकेपछि दुबै जना फरार रहेका थिए।

फरार रहेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.