एमालेका जिल्ला कमिटी सदस्य बम कांग्रेस प्रवेश

दार्चुला । नेकपा (एमाले) दार्चुलाका जिल्ला कमिटी सदस्य जंगबहादुर बम नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहँदै आएका बमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले पार्टीको सदस्यता प्रदान गर्दै खादा लगाएर कांग्रेसमा स्वागत गरेका हुन् ।

बमको कांग्रेस प्रवेशसँगै दुहुँ क्षेत्रमा नेपाली कांग्रेसको संगठनात्मक आधार थप मजबुत हुने कांग्रेस नेताहरूले विश्वास व्यक्त गरेका छन् । स्थानीय तहको राजनीतिमा सक्रिय बमको राजनीतिक अनुभव, जनसम्पर्क र प्रभाव पार्टीका लागि थप शक्ति बन्ने उनीहरूको अपेक्षा छ ।

एमालेका जिल्ला कमिटी सदस्यसमेत रहेका बम कांग्रेस प्रवेश गरेपछि दुहुँ गाउँपालिकाको स्थानीय राजनीतिक समीकरणमा समेत नयाँ बहस सुरु भएको छ । उनको पार्टी परिवर्तनको प्रभाव आगामी दिनमा स्थानीय राजनीतिमा देखिन सक्ने अनुमान गरिएको छ ।

नेपाली कांग्रेसले बमको आगमनलाई पार्टी संगठन विस्तार तथा सुदृढीकरणका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । बमको प्रवेशपछि दुहुँ क्षेत्रमा पार्टीप्रतिको जनविश्वास र संगठनात्मक गतिविधि थप बढ्ने कांग्रेसको विश्वास छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.