पहिरोबाट विस्थापित अपिहिमालका ६ परिवारलाई राहत

दार्चुला । पहिरोका कारण विस्थापित भएका अपिहिमाल गाउँपालिका–१ भट्टारका ६ परिवारलाई गाउँपालिकाले तत्काल राहत सामग्री उपलब्ध गराएको छ ।

गत भदौ १९ गते गएको पहिरोबाट विस्थापित भएका परिवारलाई गाउँपालिकाको तर्फबाट एक–एक थान कम्मल, त्रिपाल, म्याट्रेस र मसिनो चामल वितरण गरिएको हो ।

विस्थापित परिवारको बसाइ आफन्तको घरनजिकै हुने गरी आवश्यक व्यवस्था समेत मिलाइएको गाउँपालिकाले जनाएको छ ।

पहिरोका कारण घरमा बस्न जोखिम भएपछि विस्थापित भएका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउँदै सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.