दार्चुला जिल्ला अदालतको न्यायाधीशमा ठाकुरप्रसाद पौडेल काजमा खटाइए

दार्चुला । दार्चुला जिल्ला अदालतको न्यायाधीशमा ठाकुरप्रसाद पौडेल काजमा खटाइएका छन्।

न्याय परिषद्को आज बसेको बैठकले कैलाली जिल्ला अदालतमा न्यायाधीशका रूपमा कार्यरत पौडेललाई दार्चुला जिल्ला अदालतमा काजमा खटाउने निर्णय गरेको हो।

एउटा मात्र जिल्ला न्यायाधीशको दरबन्दी रहेको दार्चुला जिल्ला अदालत विगत दुई महिनादेखि न्यायाधीशविहीन थियो। न्यायाधीश नहुँदा अदालतको न्याय सम्पादन प्रभावित भएको भन्दै दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए।

न्यायाधीश काजमा खटिएसँगै दार्चुला जिल्ला अदालतमा रोकिएका न्यायिक कामकारबाही अघि बढ्ने अपेक्षा गरिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.