प्रशासन कार्यालय दार्चुलाले निकाल्यो सार्वजनिक सुचना

दार्चुला – केहि दिन अघि मात्र अफ्रिकि मुलुकमा पहिचान गरिएको कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्ट साउथ अफ्रिकी तथा एसियाका केहि मुलुकहरुमा अहिले तीव्र रुपमा विस्तार भईरहेको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले यो नयाँ भेरिएन्टलाई विश्वव्यापि भेरिएन्ट अफ कन्सर्न भनि घोषणा गरेको हो ।

हाल सम्म उक्त भेरिएन्ट फेला नपरेको र आवश्यक निगरानी तथा परिक्षण को दायरालाई फराकिलो पारीएको छ । नयाँ देखिएको यो भेरिएन्टलाई समयमै सावधानि अपनाई नेपाल प्रवेश हुन नदिन र जनजिवनलाई सामान्य बनाउन दार्चुला जिल्ला स्थित नेपाल भारत प्रवेश गर्न का लागि दुई पटक कोरोना खोप लगाइएको प्रमाणपत्र अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाको विज्ञप्तिमा उल्लेख गरिएको छ।

दोस्रो डोज लगाइएको प्रमाणपत्र पत्र भए मात्र आवतजावतमा अनुमति दिने प्रशासन ले विज्ञप्ति मार्फत सार्बजनिक गरेको हो। कोभिड १९ को ओमिक्रोन भेरिएन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न तथा हामी सबै सचेत र जिम्मेवार बनि जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न गराउन प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले आग्रह गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.