दार्चुला । हुलाक कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख वीरेन्द्र सिंह धामीको सरुवा भएको छ ।
भूमि व्यवस्था सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक २७६ जना नायब सुब्बाको सरुवा गरेपछि धामी पनि सरुवामा परेका हुन् ।
असोज ३ गते संविधान दिवसका दिन गरिएको निर्णयअनुसार धामीलाई हुलाक सेवा विभाग, काठमाडौंमा सरुवा गरिएको हो ।
मन्त्रालयले सरुवासम्बन्धी सूची आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ । संविधान दिवसका दिन सार्वजनिक बिदा भए पनि मन्त्रालयले कर्मचारी सरुवाको निर्णय गरेको हो ।
