दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले २०८३ भदौ महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ का रूपमा प्रहरी जवान मनिषा धामीलाई पुरस्कृत गरेको छ।
कार्यालयमा कार्यरत प्रहरी जवान धामीले आफ्नो जिम्मेवारी तथा कार्यसम्पादनमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै उनलाई भदौ महिनाको उत्कृष्ट प्रहरीका रूपमा पुरस्कृत गरिएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन तथा सम्मान गर्ने उद्देश्यले ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गर्दै आएको जनाएको छ।
