दार्चुलामा दसैँ–तिहार लक्षित खाद्यान्नमा प्रतिकिलो ५ रुपैयाँ छुट

दार्चुला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाले वडा दसैँ तथा शुभ दीपावलीलाई लक्षित गर्दै खाद्यान्नमा सहुलियत छुट दिने भएको छ।

कम्पनीले यही असोज २२ गतेदेखि सबै किसिमका खाद्यान्न चामलको साविक मूल्यमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएर बिक्री वितरण गर्ने जनाएको छ।

शाखा कार्यालय दार्चुला र डिपो कार्यालय खण्डेश्वरी, दार्चुलामार्फत उक्त सहुलियतमा खाद्यान्न बिक्री गरिनेछ। कम्पनीका अनुसार शाखा कार्यालय दार्चुलाका लागि ४२४ क्विन्टल र डिपो कार्यालय खण्डेश्वरीका लागि ३८० क्विन्टल खाद्यान्न छुट कोटा स्वीकृत भएको छ।

सहुलियतमा खाद्यान्न खरिद गर्दा प्रति परिवार एक बोरा मात्र उपलब्ध गराइने कार्यालयले जनाएको छ। त्यस्तै, छुटमा खाद्यान्न लिनका लागि नागरिकता वा राष्ट्रिय परिचयपत्र, ड्राइभिङ लाइसेन्स, मतदाता परिचयपत्र वा व्यक्तिगत विवरण खुल्ने कुनै आधिकारिक परिचयपत्र अनिवार्य गरिएको छ।

वडा दसैँ तथा दीपावलीका अवसरमा उपभोक्तालाई राहत पुर्‍याउने उद्देश्यले खाद्यान्नमा छुटसहित बिक्री वितरणको व्यवस्था गरिएको हो। कम्पनीले सबै उपभोक्तालाई सहुलियत सुविधाको लाभ लिन आग्रह गरेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.