जलवायु अनुकूलन परियोजनाका गतिविधिको समीक्षा तथा अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न

दार्चुला । जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजनाअन्तर्गत गत आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न विभिन्न क्रियाकलापको समीक्षा तथा अनुभव र सिकाइ आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

मार्मा, अपिहिमाल, नौगाड र दुहूँ गाउँपालिका तथा बैतडीको डिलाशैनी गाउँपालिकामा परियोजनाअन्तर्गत सञ्चालन भएका विभिन्न गतिविधिको समीक्षा गर्दै आगामी कार्यदिशाका लागि प्राप्त अनुभव र सिकाइ आदान–प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सम्बन्धित पालिकाका अध्यक्ष तथा उपाध्यक्ष, परियोजनाका डेपुटी टिम लिडर मिन बस्नेत, प्रमुख प्रशासकीय अधिकृत, पालिकाका विषयगत शाखाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा परियोजनाअन्तर्गत सम्पन्न गतिविधि, त्यसबाट प्राप्त उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा सिकाइका विषयमा छलफल गरिएको थियो । साथै आगामी दिनमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्थानीय तहमा अनुकूलनका कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा समेत अनुभव आदान–प्रदान गरिएको थियो ।

कार्यक्रममा प्राविधिक सहयोग दार्चुला क्लस्टरका प्राविधिक सहायता सल्लाहकार लवराज पन्तलगायत क्लस्टर टिमले गरेको थियो

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.