दार्चुलामा भारी वर्षा,बाढीको जोखिम

दार्चुला । दार्चुलामा शुक्रबार आज बिहान भारी वर्षा भएको छ । भारी वर्षासँगै खोलानदीमा जलसतह बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आकस्मिक बाढीको जोखिम रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । आज बिहान ९ बजेको मापनमा पछिल्लो एक घण्टामा दार्चुलाको धरमपानीमा ५१.६ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

“असोज २३ गते बिहान ०९:०० बजे । पछिल्लो एक घण्टामा दार्चुला जिल्लास्थित धरमपानी केन्द्रमा भारी वर्षा मापन भएको हुँदा सो क्षेत्र तथा आसपास भई बहने स–साना नदीहरूमा जलसतह बढ्न सक्ने र आकस्मिक बहाव आउन सक्ने भएकाले सतर्कता अपनाइराखौँ,” महाशाखाले भनेको छ ।
असिना, हावाहुरीसहित भारि वर्षा हुदा जिल्लाका लेकम, मालिकार्जुन, मार्मा सहित अधिकांस क्षेत्रमा असिनासहित भारी वर्षा भएको हो ।

असिनाको कारण तरकारी खेती, लहरेबाली र भित्र्याउन बाँकी वर्षे बालीमा व्यापक क्षती भएको स्थानीयहरुले बताएका छन् ।
फलिरहेको फलफुल र लहरेबाली तथा भित्र्याउन बाँकी खाद्यबाली नष्ट गरेपछि किसानहरु चिन्तित बनेका छन् ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.