दार्चुलामा सेवा निवृत्त तथा उत्कृष्ट कर्मचारीलाई सम्मान

दार्चुला । १५२औँ विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय, दार्चुलाले सेवा निवृत्त तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गरेको छ।

कार्यालयले आज आयोजना गरेको कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा सेवा निवृत्त भएका हुलाकी तथा हल्काराहरूले कार्यालयमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानपत्र वितरण गरेको हो।

त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादनका आधारमा छनोट भएका हल्कारा नारायण दत्त बडु र हु.प्र. सुन्दर सिंह कार्कीलाई समेत सम्मानपत्र प्रदान गरिएको कार्यालयले जनाएको छ।

विश्व हुलाक दिवसको अवसरमा आयोजित कार्यक्रम सम्मान तथा योगदानको कदर गर्दै सभ्य र भव्य रूपमा सम्पन्न भएको थियो।

सन् १८७४ अक्टोबर ९ का दिन विश्व हुलाक संघको स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।

नेपालले भने सन् १९५६ जुलाइ ११ का दिन विश्व हुलाक संघको सदस्यता प्राप्त गरेको हो । त्यसयता नेपालमा पनि हुलाक दिवस विविध कार्यक्रमका साथ विशेष पर्वका रुपमा मनाउन थालिएको हो ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.