गोकुलेश्वर अस्पताललाई प्रदेशस्तरीय बनाइने, ६ करोड बजेट विनियोजन

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाको गोकुलेश्वर अस्पताललाई प्रदेशस्तरीय अस्पतालका रूपमा स्तरोन्नति गर्ने भएको छ।

आइतबार प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत गर्दै गोकुलेश्वर अस्पताललाई प्रदेशस्तरीय अस्पताल बनाउने घोषणा गर्नुभएको हो।

शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर अस्पताललाई प्रदेश सरकारको मातहतमा ल्याएर स्तरोन्नति गरिने भएको छ।

गोकुलेश्वर अस्पतालसँगै बाजुराको कोल्टी अस्पताललाई पनि प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्न प्रदेश सरकारले ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

गोकुलेश्वर अस्पताललाई प्रादेशिक अस्पताल बनाउने विषय आर्थिक वर्ष २०८०/०८१ देखि नै प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश हुँदै आएको थियो। तर, उक्त योजना हालसम्म कार्यान्वयनमा आउन सकेको छैन।

यसपटक बजेट विनियोजन भएसँगै अस्पतालको स्तरोन्नति प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.