मालिकार्जुनमा अन्तरपालिका स्तरीय प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु, १० टोली सहभागी

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा अन्तरपालिका स्तरीय प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता–२०८३ सुरु भएको छ। दिपेन्द्र धामी स्मृति प्रतिष्ठान, मालिकार्जुन–३ को आयोजना तथा मालिकार्जुन गाउँपालिकाको प्रायोजनमा प्रतियोगिता सञ्चालन भएको हो।

मालिकार्जुन माध्यमिक विद्यालय, मडको खेल मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्नाले गरेका हुन्।

उद्घाटन समारोहमा मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरा सिंह धामी, उपाध्यक्ष कल्यान सिंह धामी, गाउँपालिकाका प्रवक्ता मदनबहादुर चन्द, वडा नं. ३ का अध्यक्ष मदन सिंह धामी, प्रदेश तथा जिल्ला भलिबल संघका पदाधिकारी, विभिन्न राजनीतिक दलका नेताहरू तथा स्थानीय खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।

प्रतियोगितामा जम्मा १० टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिताले स्थानीयस्तरमा भलिबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुद क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.