दार्चुला । बालबालिकाका समस्या, अधिकार र भविष्यसँग जोडिएका सवालमा स्थानीय स्तरमै संवाद तथा समाधान खोज्ने उद्देश्यले मालिकार्जुन गाउँपालिकाका वडा नम्बर १, २ र ४ मा वडास्तरीय बालकचहरी कार्यक्रम सम्पन्न भएको छ।
गुड नेवर्स इन्टरनेशनल नेपालद्वारा सञ्चालित अवसर परियोजनाअन्तर्गत बिहीबार आयोजित कार्यक्रममा बालविवाह, बालश्रम रोकथाम, शिक्षा निरन्तरता तथा बालअधिकारका विषयमा बालबालिका, जनप्रतिनिधि र सरोकारवालाबीच त्रिपक्षीय संवाद गरिएको हो ।
गुड नेवर्स इन्टरनेशनल नेपालद्वारा सञ्चालित अवसर परियोजनाअन्तर्गत बालअधिकार, बालविवाह रोकथाम, बालश्रम न्यूनीकरण तथा शिक्षा निरन्तरताका विषयमा बालबालिका, जनप्रतिनिधि र सरोकारवालाबीच त्रिपक्षीय संवाद गरिएको छ।
‘बालअधिकार र भविष्यका लागि बालसंवाद, हामी सबैको सहभागिता, बालमैत्री समाजको निर्माण’ भन्ने उद्देश्यसहित आयोजित कार्यक्रममा बालविवाह, बालविवाह रोकथाम, बालश्रम तथा बालबालिकाले भोगिरहेका विभिन्न समस्याका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा बालबालिकाले आफ्ना समस्या, अनुभव र सवाल खुलेर राखेका थिए भने स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले ती विषयमा सुनुवाइ गर्दै समाधानका उपायबारे छलफल गरेका थिए। बालबालिकाको शिक्षा निरन्तरता, संरक्षण, बालअधिकार तथा सामाजिक अवरोधका सवाललाई स्थानीय योजना र निर्णय प्रक्रियामा समेट्ने विषयमा समेत संवाद गरिएको थियो।
कार्यक्रममा गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग, मालिकार्जुन गाउँपालिकाको समन्वय तथा सामुदायिक ग्रामीण विकास समाज नेपाल (सीआरडीएस नेपाल) को सहजीकरण रहेको थियो।
बालबालिकाका वास्तविक समस्या पहिचान गरी स्थानीय तह, विद्यालय, अभिभावक तथा सरोकारवालाबीच साझा प्रतिबद्धता निर्माण गर्न बालकचहरी कार्यक्रम प्रभावकारी माध्यम बनेको आयोजकले जनाएको छ।
बालबालिकाको आवाजलाई सुनुवाइ गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्ने, बालविवाह तथा बालश्रमजस्ता सामाजिक समस्याको रोकथाम गर्ने र बालमैत्री समाज निर्माणमा समुदायको सहभागिता बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको संस्थाका प्रतिनिधि उदयसिह बोहराले बताए ।