डाडाँकोटमा सम्पन भएको भलिबल प्रतिगीतामा प्रेमनगर स्पोर्ट मालीकार्जुन बिजेता

दिपक साउँद दार्चुला – वडा खेलकुद बिकास समिति मालिकार्जुन गाउँपालिका वडा नम्बर ५, डाडाँकोटले आयोजना गरेको भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।

बिविवार देखी मालिकार्जुन गाउँपालिकाको डाडाँकोटमा सञ्चालन भएको भलिवल प्रतियोगिता आज सम्पन्न भएको हो । आठ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रेमनगर स्पोर्ट मालिकार्जुन प्रथम भएको छ । प्रतियोगितामा मल्तडी मालिकार्जुनले द्धितिय स्थान हात पारेको छ भने श्री कृष्ण माबि डाडाकोटले तृतिय स्थान हात पारेको मालिकार्जुन स्पोर्टका टिम क्याप्टेन बल्देब सिह धामीले जानकारी दिनुभयो ।

प्रथम टीमलाइ रु १० हजार ५५ नगदसहित सिल्ड मेडल प्रमाणपत्र, द्धितियलाइ ५ हजार ५५ सहित सिल्ड मेडल प्रमाणपत्र र तृतिय टिमलाइ २ हजार बिस नगद सहित सिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ ।

उक्त खेलमा प्रेमनगर स्पोर्ट टीमका टिम कप्तान बल्देब सिह धामी उत्कृष्ट खेलाडीको रुपमा सम्मानित भएका छन ।

Leave A Reply

Your email address will not be published.