दार्चुला । मार्मा गाउँपालिका वडा नम्बर ४ मा आयोजना भएको अशोक स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक टीम चौलानी युवा क्लबले जितेको छ । बुधबारदेखि सुरु भएको खुल्ला पुरुष भलिबल प्रतियोगिता शुक्रबार समापन भएको हो । उक्त प्रतियोगितामा सरस्वती माबि नङरा बैतडी द्धितिय र तवोपन माबि पडपडा तृतिय भएको छ ।
प्रतियोगिताको बिजेता टिम ले ३१ हजार १११ नगत सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्धितिय टीमले १५ हजार ५१५ नगद सहित सिल्ड मेडल प्रमाणपत्र र तृतिय टीमले आठ हजार ५५ नगदसहित मेडल प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी नबराज सिह धामी र उत्कृष्ट ब्लकर बलदेब सिह धामी सम्मानित हुनु भएको आयोजकले जनाएको छ । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।