दार्चुला ।दार्चुलामा फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रम अन्तर्गत अहिले सम्म ८४ हजार बढीको नाम दर्ता भएको छ ।
हालसम्म ८४ हजार जनाले आफ्नो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय का प्रमुख प्रदिपसिह धामीले जानकारी दिनुभयो ।
२०७४ सालको निर्वाचनमा सम्म दार्चुलामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या ७८ हजार ५१५ मतदाता रहेका छन् भने चार बर्षको अवधिमा ६ हजार बढी मतदाता बढेको पाइएको छ । । त्यसपछि हाल पालिकास्तरमा सञ्चालन भइरहेको विशेष कार्यक्रमअन्तर्गत चार पालिकामा ७९१ जना मतदाता थप भएका छन् ।
निर्वाचन आयोगले यही मङ्सिर १७ गतेदेखि देशभरिका स्थानीय तहका केन्द्रमा फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिरहेको हो । विसं २०७७ पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या दार्चुला जिल्लाभरी ८३ हजार १९४ पुगेको जनाइएको छ ।
यस्तै मतदाता नामावली दर्ता अभियान अन्तरगत पहिलो चरणमा शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका, अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको छ । यहि मंसिर १७ देखि २६ सम्म सञ्चालन भएको अभियान अन्तरगत शैल्यशिखर नगरपालिकामा ३२६ जना, लेकम गाउँपालिकामा ३१५ जना, व्यास गाउँपालिकामा १०३ जना र अपिहिमाल गाउँपालिकामा ४७ जनाले गरी कुल ७९१ नागरिकले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् ।
भने यहि मंसिर २९ गतेदेखि पुष ९ गतेसम्म दुहु, नौगाड, मार्मा र मालिकार्जुन गाउँपालिकामा मतदाता नामावलीमा नाम दर्ता अभियान सञ्चालन हुने निर्वाचन कार्यालय प्रमुख धामीले बताउनुभयो ।
१६ वर्षमा नेपाली नागरिकता बनाउने र १६ वर्षदेखि नै मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भए पनि मतदान गर्नका लागि १८ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ ।आफ्नो मताधिकार सुनिश्चित गर्न यसअघि छुट भएका सबै नागरिकलाई नामावलीमा नाम दर्ता गराउन आग्रह समेत गरिएको छ ।