कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी ,गच्छदार दुई मतले पराजित

दार्चुला । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन्।

कांग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनमा खड्का र गुरुङ विजयी भएका हुन्। निर्वाचन समितिका अनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत प्राप्त गरे।

त्यस्तै अर्का देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार दुई मतले पराजित भएका छन्। खड्का सभापति शेरबहादुर देउवा पक्षका हुन् भने गुरुङ शेखर कोइराला पक्षका उम्मेदवार हुन्।

त्यस्तै गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। २ जना उपसभापतिका लागि ७ जनाले प्रतिस्पर्धा गरेका थिए

Leave A Reply

Your email address will not be published.