पुष्पराज जोशी दार्चुला दार्चुलाको लेकम ३ लालीमा सोमबार पानी सुशासन सवाल प्राथमिकिकरण सम्बन्धी एक दिने अभिमुखीकरण गोष्ठी सम्पन भएको छ । सिडाको आर्थिक सहयोग र सामुदायिक ग्रामिण बिकास समाज नेपाल दार्चुलाद्धारा संचालित टोसा परियोजना अन्तर्गत एक दिने गोष्ठी सम्पन्न भएको हो । जगन्नाथ महिला सशक्तीकरण केन्द्रका अध्यक्ष कमला ऐरीको अध्यक्षता एवं लेकम गाउँपालिका ३ का वडा अध्यक्ष राजेन्द्र प्रसाद जोशी को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लेकम गाउँपालिका वडा नं. ३ का करिब ५० जना भन्दा बढि किशोर किशोरीहरुको लगायत बिभिन्न संघ सस्थाका कर्मचारीहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम अन्र्तरगत आज सामुदायिक ग्रामिण बिकास समाज नेपाल दार्चुला बाट मायाको चिनो स्वरुप प्रमाणपत्र समेत महिला सशक्तीकरण केन्द्रका अध्यक्ष कमला ऐरी लाई हस्तान्तरण गरि कार्यक्रम समापन गरिएको थियो ।
ट्रोसा परियोजनाले सन २०१७ देखि हाल सम्म दार्चुला जिल्लाको ५ पाँच ओटा स्थानीय तहमा काम गर्दै आएको छ। महाकाली बेसिनमा बसाइँ गर्ने समुदायको जिबिको पार्जनमा सहयोग पुर्याउनुको साथै महिला हिंसा न्यूनीकरण बालविबाहमा पुर्ण रोक, महिलाहरुलाई आत्मनिर्भर बनाउने लगायताका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिहरहेको छ । यसका साथै परियोजनाले सामाजिका विकासका कार्यमा पनि सहयोग गर्दै आइरहेको छ।

हाल ट्रोसा परियोजना सुदुरपश्चिमका चार ओटा जिल्लामा संचालनमा रहेको छ, । जसमा दार्चुलाको हकमा यो परियोजनालाई ( CRds ),बैतडी मा (रुडेस) बैतडीले,डडेल्धुरामा (रुडक)ले र कंचनपुरमा (निड्स)ले हेर्दै आएको छ, भने यो परियोजना हाल ४ ओटा देश नेपाल,भारत, बाङ्लादेश र म्यानमार सञ्चालनमा रहेको छ ।