दार्चुला – नेपाली कांग्रेस शैल्यशिखर नगरपालिका ६ उल्लानीको वडा कार्य समिती बैठक बुधबार सम्पन्न भएको छ ।
आउँदो चुनावी कार्यक्रम अन्तरर्गत घरदैलो अभियान र भेटघाट गर्ने उदेश्यका साथ अन्तरकृया कार्यक्रम सम्पन्न गरेको शैल्यशिखर नगरपालिका ६ का सभापति राजेन्द्र सिह धामीले बतानुभयो ।
राजेन्द्र सिह धामीको सभापतित्वमा बसेको कार्यक्रमा नेपाली कांगे्रस नगरकार्यपालीका सभापति मोहन सिह साउदको प्रमुख आथित्यता रहेको थियो भने उक्त कार्यक्रममा शैल्यशिखर नगरपालिका ५ का वडा अध्यक्ष मदन सिह रावल विसिष्ट अथिती रहनु भएको थियो ।
त्यसैगरी नगर शिक्षा समीती सदस्य द्रोपती डागा लगायत अन्य नेपाली कागे्रसका क्षेत्रिय प्रतीनिधी, नेपाली कांग्रेसका क्रियाशिल सदस्य शुभचिन्तकहरुको सहभागिता रहेकोे नेपाली कांग्रेस शैल्यशिखरले जनाएको छ ।