पुष्पराज जोशी दार्चुला । नेपाल टेलिकम अन्तरगत अप्टीकल फाइबर लाईनको बिटी जडान गर्नुपर्ने माग राख्दै शैल्यशिखर नगरपालीका ५ कास्थानीय बासीन्दा र बिधार्थीहरुले निर्माण कार्य बन्द गरेको छ । बुधबार शैल्यशिखरको बरमुठे ढुडेकिङका बस्तीहरुमा फाइबर लाईनको बिटी जडान गर्नुपर्ने माग राख्दै निर्माण काम बन्द गरेको हो ।
स्थानिय बासिन्दाहरुले मिनसिह रावलको नेत्त्वमा करिब ३० जना स्थानीय बासिन्दा र २०० जना श्री लटीनाथ आधारभुत बरमुडेका बिधार्थीहरुको सहभागीतामा शैल्यशिखरको बगौरा क्षेत्र लगायत बरमुठे ढुडेकिङमा अप्टिकल फाईबरको लाईन बिस्तारको काम चली रहेको क्रममा सो बस्तीहरु र बिधालयमा अप्टीकल फाइबर लाईनको बिटी जडान गर्नुपर्ने माग सहित काम बन्द गरेको लिपुलेक सहकर्मी राजेन्द्र साउदले खबर पठाएको छ ।
उनीहरुले बारम्बार यस विषयमा अवगत गराए पनि चासो नदिएको आरोप समेत लगानुभयो । स्थानियहरुले सो लाइनको बारेमा कुराकानी राखेको भएपनि माग अनुसारको सम्बोधन नभएको भन्दै जब सम्म लिखित रुपमा सम्झौता हुदैन तब सम्म काम अघी बढन नदिने सर्घस समितीका संयोजक मिन सिह रावलले जानकारी दिनुभयो ।
यस अघि संचालनमा रहेको माईक्रोवईभ लिकलाई विस्तापित गरि अप्टिकल फाईवर मार्फत सेवाग्राही लाई ईन्टरनेट तथा फोन सेवा उपलब्ध गराउने उदेश्यले लाईन विस्तार भैरहेकोे हो । अहिले जिल्ला सदरमुकाम खलंगाको नेपाल टेलिकमको टावर देखी गोकुलेश्वर टावर सम्म तिव्र गतिमा लाईन विस्तारको योजना रहेको थियो ।