सरकार आर्थिक वृद्धिको यात्रातर्फ अघि बढेको छ : प्रधानमन्त्री

दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक स्थायित्व भएसँगै सरकार आर्थिक वृद्धिको यात्रातर्फ अघि बढेको बताउनुभएको छ। बुधबार लगानी बोर्ड नेपालको १० औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीले पर्याप्त लगानीको वातावरण बन्न नसकेको बताएका हुन्।

विषम परिस्थितिमा लगानी बोर्डले लगानी भित्र्याउने उल्लेख्य गर्दै भने, ‘राजनीतिक स्थायित्व भएसँगै आर्थिक वृद्धिको यात्रातर्फ सरकार अघि बढेको छ। राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनामा निजी क्षेत्रलाई समावेश गराउन आवश्यक छ। नीजि क्षेत्रको लगानीको आवश्यकता राष्ट्रिय गौरवको परियोजना भएकोले अब सार्वजनिक(निजी–साझेदारी (पिपिपी) अवधारणा अन्तर्गत अघि बढाउनुपर्छ।’

बोर्डले प्रत्यक्ष वैदेशिक लगानीमा अवरोधलाई चिर्न, सरकारी निकाय र निजी क्षेत्रबीच समन्वय गरेर लगानीमा सहजीकरण गरिरहेको उहाँको भनाइ छ।

प्रधानमन्त्री देउवाले भने, ‘नेपालले २०२३,०२४ मा अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्र बन्ने चाहना राखेको र २०३० सम्म आयकर वृद्धि भएको राष्ट्रको रुपमा रुपान्तरित हुने नीति राखेको छ र दिगो विकासको नीति लिएको छ, त्यसैले यी लक्ष्यका लागि हामीलाई पर्याप्त लगानी चाहिन्छ। तर, अहिले वार्षिक रुपमा नेपालमा ६ अर्ब डलर वित्तिय रिक्तता छ।’

यस्तै, कार्यक्रममा उर्जा तथा जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले विकासको योजनालाई पहिलो प्राथमिकतामा राखेको बताइन्।
उर्जामन्त्री भुसालले नेपाल सरकारले २०२० देखि २०३० सम्ममा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको उनको भनाइ छ।

नेपाल विद्युत उत्पादनको क्षेत्रमा धनी रहेको भन्दै अहिले हाइड्रोपावरको क्षेत्रमा धेरै ध्यान दिइरहेको उहाले बताए ।

ऊर्जामन्त्री भुसालले भनिन्, ‘सरकारले विकासको योजनालाई पहिलो प्राथमिकतामा राखेको छ, हामीले २०२० देखि २०३० सम्ममा नेपालमा १० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेका छौँ, नेपाल विद्युत् उत्पादनको क्षेत्रमा धेरै धनी छ र हामी अहिले त्यही विद्युत् उत्पादनको लागि हाइड्रोपावरको क्षेत्रमा विशेष ध्यान दिइरहेका छौँ।’

कार्यक्रममा चिनियाँ कम्पनी ह्वाङ्सी होल्डिङ ग्रुप चाइनाका प्रवन्ध निर्देशक ल्यू सु डोङले नेपालमा झन्डै ४० अर्ब लगानी गरेर सिमेन्ट उत्पादन थालेको चिनियाँ कम्पनी ह्वाङ्सी होल्डिङ ग्रुप चाइनाले नेपालमा थप लगानी गर्न चाहेको बताए।

नेपालको एसएच इन्भेष्मेण्ट लिमिटेडसँग सहकार्य गरी ह्वाङ्सी होल्डिङको दोस्रो फेज र दाङ सिमेन्ट परियोजना विकास गर्न आफू अघि बढेको पनि प्रवन्ध निर्देशक डोङको भनाइ रहेको छ।

Leave A Reply

Your email address will not be published.