दार्चुला – दार्चुलामा प्रहरीले लेकम गाउपालिका ३ सिमा नाका लाली मा शुक्रबार १ लाख बराबरको अवैध बिँडी बेबारिस अवस्थामा फेला पारेको हो ।
शुक्रबार दिउँसो १ बजे लेकम गाउँपालिका को वडा न ३ खम्तड स्थित कुरीको झारीमा लुकाई छिपाई राखिएको भारतिय ४ पेटि घोडा बिडि इ प्र का लाली बाट प्रहरी सहायक निरीक्षक हरी बहादुर चौधरीको नेतृत्व मा खटिगएको गस्ति टोलीले बेवारीसे अवस्थामा फेला पारेको हो। बरामद गरिएका अबैध बिडी भन्सार कार्यालय दार्चुला पठाइएको प्रहरी सहायक निरीक्षक हरी बहादुर चौधरी ले बताए।
बरामद गरिएको बिँडी कसले त्यहाँ छोडेको हो भन्नेबारे कसैलाई पनि जानकारी नभएको र यश बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुला ले जनाएको छ ।
