पुष्प राज जोशी / दार्चुला – दार्चुलाको शैल्यशिखर – ५ बगौरा र मालिकार्जुन गाउँपालिका – ७ ऐरीछाना लगायत मालिकार्जुन मालिकार्जुन गाउँपालिकाको वडा न २ मा रहेको बालशिखर रिपिटर टावरमा बिद्युत जडान नहुदा सेवाग्राही मार्कामा परेका हुन। टेलिकमको टावर नजिकै बगौरा बस्तीमा बिधुतिकरण भएको करीब ३ महिना बितीसक्दा पनि नेपाल टेलीकमले टावर मा बिद्युत जडानमा चरम लापरबाही गरेको छ।
त्यस्तै मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ७ ऐरीछानाको बस्तीमा पनि तीन दिन अगाडि बिद्युतीकरण भइसकेको छ। बगौरा र ऐरीछानामा टावर सोलार को भरमा चलेका भएर घाम पर्दा नेटवर्क आउने र घाम जादा नेटवर्क जाने गरेको छ। उक्त टावर हरुमा ब्याट्री पुराना भएका कारण घाम लाग्दा मात्र नेटवर्क आउने गर्दछ।
यो विषयमा स्थानीय सरकार ले पनि कुनै चासो देखाएको छैन। पटक पटक आफू हरुले टेलिकम र स्थानीय सरकार लाई बिद्युत जडानको लागि माग गरे पनि कसैले पनि वास्ता नै नगरी ढिलासुस्ती गरेको शैल्यशिखर नगरपालिका ६ का स्थानिय दिपक धामी ले गुनासो गर्नु भयो। आज भन्दा करीब ७ बर्ष पहिले नै नेपाल टेलिकमले उक्त ठाउँ हरुमा टावर निर्माण सम्पन्न गरेको थियो।
त्यस्तै बिद्युत नहुदा सम्म ऐरीछानाको टावर मा ब्याट्री फेरिदिन पटक पटक निवेदन गर्दा पनि नत टेलिकम ले वास्ता गर्यो नत स्थानीय सरकार ले नै ऐरीछाना स्थानीय कल्यान सिंह धामी ले गुनासो गरे । उहाले भन्नुभयो घाम अस्ताए पछि र मौसम खराब भएपछि नेटवर्क नभएर सम्पर्क बिहिन नै हुनु पर्ने बाध्याता छ।
नेपाल टेलिकमका टावर नजिक रहेका स्थानीय सेवाग्राही संगै सामुदायिक रेडियोका लागी आवश्क पर्ने संचारमा समेत बाधा पुगेको सामुदायीक रेडीयो लिपुलेकका समाचार प्रमुख वसन्त कुमार जोशीले बताउनु भयो। सन्चार जगत मा बिस्वले फड्को मारिरहेको बेला नेपाल टेलिकमले चरम लापरबाही गरेर सेवाग्राही हरुलाई गुणस्तरीय सेवा दिन सकिरहेको छैन।
फोर जीको त कुरै छोडौ फोन गर्न समेत घाम कतीबेला आउला र फोन गरौला भनी कुर्नु पर्ने बाध्यता रहेको स्थानीय हरुले गुनासो गरेका छन।
नेपाल टेलीकमले भने यो बिषयमा कुराकानी भइरहेको र नेपाल बिद्युत प्राधिकरण लाई परीपत्र गरि चाडै दुबै टावर हरुमा बिद्युत जडान गरि सेवाग्राही हरुलाई गुणस्तरीय सेवा दिने नेपाल टेलीकम दार्चुलाका प्रमुख के बि गुरुङले बताउनु भयो।