दार्चुला – दार्चुलामा एक महिलाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुला ले जनाएको छ ।
शनिवार दिउँसो २ बजेतिर महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगर बस्ने २३ वर्षीया पुजा महराले आफ्नै घरको कोठामा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीले जानकारी दिए ।
घट्नाबारे प्रहरीमा जानकारी पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक पुष्करसिंह ऐरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । माइती पक्ष घटना स्थल मा नपुगेकाले प्रहरीले महराको मुचुल्का उठाएको छैन।
माइती पक्ष घटना स्थल पुग्ने वित्तिकै घट्ना को परिवेश हेरेर मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइने प्रहरी निरीक्षक ऐरीले बताउनु भयो।