दार्चुला – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज देशका विभिन्न भेगमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार बिहानदेखि नै सुदूरपश्चिमका पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपात भइरहेको मौसमविद बरुण पौडेलले जानकारी दिए। पश्चिमी वायु विस्तारै सुदूरपश्चिमबाट कर्णाली हुँदै पूर्वतर्फ सर्ने क्रममा रहेको पौडेलले बतानुभयो।
मंगलबारदेखि देशभर नै हल्कादेखि मध्यम वर्षा र हिमाली भेगमा हिमपात हुने मौसमविद पौडेले जानकारी दिए। आज देशभरको मौसम सामान्यदेखि पूर्णतया बदली रही हल्कादेखि मध्यम वर्षा र हिमपात हुने जनाएको छ।
बुधबार र बिहीबार पनि मौसम बदली रही वर्षा हुनका साथै हिमपात हुने भएकाले जाडो अत्याधिक बढ्ने मौसमविद पौडेलले बतानुभयो। उनले केही दिन टाढा तथा हिमाली भेगको यात्रा नर्गन अनुरोध गरेका छन्। देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनुपर्ने महाशाखाले सचेत गराएको छ।