लेकम को सर्मोलीमा गाडी पुग्दा स्थानीय हर्षित 

दार्चुला – दार्चुलाको लेकम गाउँपालीका वडा नम्बर १ को वडा कार्यलय सम्म सडक पुग्दा स्थानिय हर्षित भएका छन।भौगोलिक विकटता का बाबजुद पनि लेकमको सर्मोलीमा सडक पुगेको छ।

गाउँमा सडक पुगेपछि सिंगो गाउँनै खुसी भएका   सर्मोलीका स्थानिय दिपक बिष्टले मालिकार्जुन खबर लाई बताउनु भयो। बिगतमा   बिभिन्न निर्माण सामग्रीका साथै खाद्य सामाग्री  ढुवानि गर्न मात्र नभएर जोखिमपुर्ण बाटो  हिड्नुपर्ने स्थानियको समस्या टर्न सक्ने भएकाले स्थानीय हर्शित भएका छन। गाउँमा कोहि सामान्य विराम भयो भने बोकेर अस्पताल सम्म लिनु पर्ने  बाध्यता को अन्त्य हुनेमा हामी ढुक्क छौ अर्का स्थानीय चन्द्र सिंह साउद ले बताउनु भयो।

हाम्रो गाउँमा  सडक पुग्दा स्थानिय लाई निकै राहत हुने  जागृती युवा समाज सर्मोलीका अध्यक्ष महादेब साउँदले बताए ।

Leave A Reply

Your email address will not be published.