नेकपा एमाले दार्चुला द्धारा भेटघाट कार्यक्रम सम्पन्न

दार्चुला – नेकपा एमाले दार्चुलाद्धारा भेटघाट कार्यक्रम सम्पन भएको छ । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी शैल्यशिखर नगरपालिका वडा नम्बर १ को बँलाच मा भेटघाट कार्यक्रम सम्पन भएको अनेरास्वीयु दार्चुलाका नेता राजेश बिष्टले मालीकार्जुन खबरलाई बतानुभयो ।

उक्त भेटघाट कार्यक्रममा पुर्वमन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य,तथा प्रदेश सह इन्चार्ज गणेश सिंह ठगुन्ना , प्रदेश कमीटी सदस्य लाल बहादुर बिश्वकर्मा, प्रदेश कमीटी सदस्य मोहन सिंह धामी, नगर ईन्चार्ज बिजय सिह धामी लगाएत अन्य नेकपा एमाले नेता कार्यकर्ता हरुको सहभागिता रहेको थियो ।

नेकपा एमाले शैल्यशिखर नगरपालिका वडा नम्बर १ का वडा कमीटी अध्यक्ष भरत खडायतको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अथिती पुर्वमन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य, गणेश सिंह ठगुन्ना को उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको संचालन नेकपा एमाले जिल्ला कमीटी सदस्य लक्ष्मी प्रशाद जोशीले गरेका थिए । कार्यक्रममा अन्य नेता कार्यकर्ता हरुको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै पुर्वमन्त्री ठगुन्ना ले पार्टीले लिएको सहि निती तथा कार्यक्रम,विकास र समृद्धि प्रतिको प्रतिबद्धता कारण आम जनताको चासो नेकपा एमालेप्रति आर्कषित बएर जिल्ला एमाले मय हुने बताए ।

आजको कार्यक्रममा  ५५ जना अन्य पार्टि परित्याग गरी नेकपा एमालेमा प्रबेश गरेको अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य राजेश बिस्टले बताए ।

Leave A Reply

Your email address will not be published.