नेकपा एकीकृत समाजवादी बैतडीका सबै पालिकामा कमिटी गठन

बैतडी – नेकपा एकीकृत समाजवादी को सङ्गठन विस्तार अभियान अन्तर्गत बैतडी जिल्लाका १० पालिकामा कमिटी गठन गरिएका छन । नेकपा  एकीकृत समाजवादीका जिल्ला अध्यक्ष महादेव भट्टले , छ गाउँपालिका र चार नगरपालिकामा कमिटी गठन गरिएको जानकारी दिनुभयो ।

सो पार्टीले सङ्गठन विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ । तीन महिनासम्म जारी रहने उक्त अभियानमा सबै स्तरमा कमिटी गठन गरिने र त्यसपछि सङ्गठन सुदृढीकरणको कामलाई अगाडि बढाइने दशरथचन्द नगरपालिका कमिटीका अध्यक्ष दिनेश ठगुन्नाले जानकारी दिनुभयो । यसअघि रहेको समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित भएको थियो ।

Leave A Reply

Your email address will not be published.