शैल्यशिखर नगरपालिकामा न्यायिक समितिको अभिमुखीकरण गोष्ठी सुरु

दार्चुला  –  दार्चुलाको शैल्यशिखर नगरपालिकामा न्यायिक समितिको भूमिका र मेलमिलाप , न्याय सम्पादन र सरोकारवालाहरुका लागी दुई दिने अभिमुखीकरण गोष्ठी सुरु भएको छ ।

शैल्यशिखर नगरपालिका न्यायिक समीती को आयोजनामा शुक्रबार बाट अभिमुखीकरण गोष्ठी सुरु भएको हो ।

न्यायिक समितिको अभिमुखीकरण गोष्ठी कार्यक्रममा सभा अध्यक्ष तथा न्यायिक समिति प्रमुख उपमेयर राजमति पाल रहनु भएको थियो । प्रमुख अतिथिमा जिल्ला न्यायधिस कोमल आचार्य, लगायत जिल्ला अदालत दार्चुलाका श्रेस्तेदार कौशल ज्ञवाली , जिल्ला बार एसोसियनका अधिबक्ता धिरेन्द्र साउद गाउँपालिकाका न्यायिक समितिका पदाधिकारी, लगायत सम्पुर्ण वडाका वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानिय तहबाट कसरी न्याय सम्पादन गर्ने र न्यायिक समितिको भूमिका कस्तो रहन्छ भन्ने विषयमा छलफल भएको मेलमिलाप कर्ता मोहन सिह धामीले मालीकार्जुन खबरलाई बतानुभयो ।

लामो समयको अन्तराल पछि भएको स्थानीय तहको निर्वाचनले स्थानीय तहमा एउटा मजबुत सरकारको अवधारणा ल्याएसँगै स्थानिय तहको उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा हरेक स्थानिय तहमा न्यायिक समिति रहने र सो न्यायिक समितिले स्थानीय तह भित्रका विविध मुद्दा मामिला हेर्ने कानुनी व्यवस्था रहेको छ।

न्यायिक समितिलाई न्याय क्षेत्रका स्थापित मुल्य मान्यताका आधारमा बिषयगत ज्ञान सीप प्रदान गरी प्रभावकारी बनाउने उद्देश्यले गोष्ठीको आयोजना गरिएको नगरपालिका उपमेयर राजमति पालले जानकारी दिनुभयो ।

उक्त न्यायिक समिति कार्यक्रममा शैल्यशिखर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर बिष्टले स्वागत मन्त्बय राख्नुभएको थियो भने कार्यक्रम सन्चालन नगरपालिकाका कर्मचारी भोजराज भट्ट ले राख्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.