दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकामा तलब वृद्धि को माग राख्दै नगरपालीकालाई ज्ञापनपत्र बुझाएका छन। कर्मचारीहरुले नगरपालीकाले नेपाल सरकारले तोकेको पारिश्रमिक १५ हजार पाउनु पर्ने माग राख्दै शैल्यशिखर का प्रमुख प्रसासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टलाई ज्ञापन पत्र बुझाएका हुन।
अन्य पालिका हरुले तलब वृद्धि गरेको बेला शैल्यशिखर नगरपालिका ले वास्ता नगरेको र जायजको माग सम्बोधन नगरे पालिका मा ताला लगाउने कार्यलय सहयोगि श्याम सिंह डागांले मालीकार्जुन खबरलाई जानकारी दिनु भयो ।
उक्त कार्यक्रमको शुक्रबार गोकुलेश्वरमा भेला आयोजना गरेको थिए । शैल्यशिखर नगरपालिका का प्रसासकीय अधिकृत सुुरेन्द्र बहादुर बिष्टलाई यो विषयमा बुझ्दा आज न्यायीक समीतीको बैठक भएको हुदा आफु नगरपालीका मा उपस्थित नभएको र सो बिषयमा जानकारी नभएको बताउनु भयो ।