दार्चुला – शैल्यशिखर नगरपालिकाको वडा नम्बर ५ दार्चुलामा रहेको ओसिल कटोज सामुदायीक वनमा पछिल्लो केही समययता वन अतिक्रमण बढ्न थालेको छ।
पछिल्लो समय वन अतिक्रमण बढ्दै गएको प्रति चासो राख्दै नगर वन सन्जाल शैल्यशिखरका अध्यक्ष अर्जुन साउदको टोलीले बन अनुगमन गर्नु भएको थियो । “वन मासेर स्थानीयहरुले घास दाउरा लगायत काठ काटी वन अतिक्रमण गरेको नगर वन सन्जाल शैल्यशिखरका अध्यक्ष अर्जुन साउदले बतानुभयो।
उहाका अनुसार आज शुक्रबार बसेको नगर वन सन्जाल समितीले सो बारेमा चौलानी बन कार्यलय गोकुलेश्वरमा लिखीत पत्र समेत पठाएको सन्जाल का सचिव धनबहादुर बिष्टले मालीकार्जुन खबर लाई बतानुभयो ।