कांग्रेसका नेता साउदको उपचार को क्रममा निधन

दार्चुला – लेकम गाउपालिका नेपाली कांग्रेसका क्रियाशिल सदस्य मोहन सिह साउदको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा उहाँको ६२ बर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

लामो समयदेखी बिरामी साउद सेती प्रादेशिक अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उपचार कै क्रममा साउदको निधन भएको उहाँको परिवारिक श्रोतले बताएका छन। मृतक साउद को शनिबार चौलानी आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

लेकम गाँउपालिका कांग्रेसका नेताहरुले साउदकोे पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो । साउद लामो समयदेखि कांग्रेसको राजनीतिमा हुनुहुन्थ्यो । नेपाली कांग्रेसका लेकम गाउपालिका उप सभापति दौलत सिह साउदले क्रियाशिल सदस्य मोहन सिह साउदको निधनप्रति गहिरो दुख ब्यक्त गरेका छन । साउदको निधन ले सिंगो पार्टी लाई अतुलनीय क्षेती भएको बताएका छन ।

Leave A Reply

Your email address will not be published.