दार्चुलामा बिहीबार ९ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित संख्या ४६ पुग्यो

दार्चुला । दार्चुलामा थप ९ जनामा कोरोना पुष्टि भएको छ । महाकाली नगरपालिकाको पुलघाटमा गरिएको परिक्षणमा २ जना, जिल्ला अस्पताल दार्चुलामा ४ जना र गोकुलेश्वर अस्पतालमा ३ जनामा संक्रमण पुष्टि भएको हो । बिहीवार गरिएको एन्टिजेन परिक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।२६ जनामा गरिएको परिक्षणमा ९ जना संक्रमित पुष्टि भएका हुन् । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४६ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.