दार्चुला – शैल्यशिखर नगरपालिका– वडा नम्बर ४ रानिशिखर वडा कार्यालय सम्म पहिलो पटक सडक पुग्दा स्थानीय हर्षित भएका छन। नगरपालिकाले नै बजेट बिनीयोजन गरी रानीशिखरमा सडक पुगेको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिंह धामीले बताउनुभयो।
गाउँमा पहिलो पटक गाडी पुग्ने भए पछि आफूहरूको वर्षौँदेखि गाउँमा गाडी चढ्ने सपना पूरा हुने स्थानीय नरेन्द्र ठगुन्नाले बताउनुभयो। उपभोक्ता समितिमार्फत ठेक्का दिएर उक्त सडकको ट्र्याक रानिशिखरको वडा कार्यालय सम्म पुगेको हो।
शैल्यशिखर नगरपालिका का नगर प्रमुख अमर सिंह धामीले २०७४ सालको निर्वाचनमा जनता संग गरेको रिङ् रोडको प्रतिबद्धता पूरा गरेको र शैल्यशिखरको ९ वटै वडा हरुको टोल टोल सम्म सडक सन्जाल पुगेको उहाँले बताउनु भयो।