पुष्प राज जोशी दार्चुला । फागुन महिना सुरु भएसंगै दार्चुलाका किसानहरु धमाधम उखु पेल्न लागेका छन् । दार्चुला लगायत बैतडीका क्रषकहरु धमाधम आफ्नै गाउँ÷ बस्तीमा माघ देखी नै कोलमा उखु पेलेर सख्खर (गुड )बनाउन थालेका हुन् ।
खेतबारीमा खुट्टी उखु सुक्न लागेपछि बाध्य भएर कोल खोजेर उखु पेल्न थालिएको किसान बताउँछन् ।अहिले घरमा पेलिएको उखुको सक्खर आम उपभोक्ताको रोजाइमा पर्ने भएपछि किसानको यस काममा व्यस्तता बढेको हो ।
जिल्लाको लेकम गाउपालिका ,शैल्यशिखर नगरपालिका, मालिकार्जुन ,गाउपालिका, महाकाली नगरपालिका,मार्मा गाउपालिका सहित अन्य क्षेत्रहरुका बस्ती हरुमा अहिले घरघरैजसो कोलमा किसानहरु उखु पेलाइमा ब्यस्थ देखिन्छन् । खुट्टी उखु काट्ने समय घर्किनै लाग्दा आफ्नै बस्तीमा कोल बाट उखु पेल्न थालिएको लेकम गाउपालिका वडा नम्बर ३ का किसान धर्मानन्द जोशीले बतानुभयो ।
उखु माघ फागुनमा काटेर खाली खेतमा लगाउनु पर्ने भएकाले उखुे पेलेर सख्खर बनाउनु परेको उनको भनाइ छ। । उखुबाट निर्मित सखर( गुड) बजार सम्म पुगाउन सके अपेक्षित मूल्य पाइने किसान हरु बताउँछन । अहिले दार्चुलाको लालि, मकन्ना, कलोती, बिटोरा ,बिनखाली , सुगरखाली, मैखोली, पिड, सर्मोली,खरकडा, शैल्यशिखर ७को देथली ग्वानी,झरकडा ,बोहरीगाउ,पपरथला, अम्तोली, धानाखेती मालिकार्जुनको बसेडी,मड, भगवती, दत्तु,धाप, थाप्ला शेरी देथला काडापारि,सेतकला संगै बैतडीका डिलाशैनी,धामीगाउ,पुर्चौडी, दोगडाकेदार टोलमा पनि अहिले उखु पेल्ने कोल चलिरहेका छन।
यस्तै बझाङ, लगायत सुदुर पशिमका बिभीन्न बस्तीमा पनि आम किसान उखु पेल्न र रस पकाएर सक्खर बनाउनमा व्यस्त देखिन्छन।
उखु खेती बाट घर खर्च चल्ने भएपनि खासै मेहनत अनुसारको रकम हात नपर्ने भएकाले अहिलेको युवा पुस्ताहरुमा यो खेती लाई खासै रुचीको बिषय नभएको पाइन्छ। उखु खेती बाट निर्मित सखर प्रती केजी १५० का दरले बेच्ने गरेको स्थानीय कृषक मनिराज जोशीले बताए।
खुट्टी उखु काटेर खाली भएको खेतमा वैशाखी लहरे तरकारी र घाँसेबाली लगाइसक्नु पर्ने भए अनुसार समयमा नै उखु पेल्ने काम भइरहेको को लेकम गाउपालीका २ कुणी का अर्जुन देब जोशीले बतानुभयो । धमाधम उखु पेलाइमा ब्यस्त रहनुभएका शैल्यशिखर नगरपालिका वडा नम्बर ८ झरकडाका अर्का किसान कमल जोशी का अनुसार “हामीकहाँ कोल भएका किसान १०,१२परिवार मात्र छन्, उखु किसान बढी भएका कारण पालो ढिला पुग्ने भएकाले उखु सुक्न थालेको बताउनु भयो।
स्थानीय सरकारले उखु किसान लाई केही सहजी करण गरिदिएमा उखु लोप नहुने कृषक हरु बताउछन।