दार्चुला । नेपाली कांग्रेस लेकम गाउँपालीका वडा नम्बर १ सर्माेलीको वडा कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । पाटीले बिभिन्न निर्णय गर्दै बुधबार बैठक सम्पन्न गरेको हो ।
सभापति दिपक साउँदको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति लेकम गाउँपालिकाका नेपाली कांग्रेस उपसभापति तथा वडा नम्बर १ का वडा ,अध्यक्ष दौलत सिह साउँदको रहेको थियो ।
कार्यक्रम बाट जिल्लाले वडाबाट ३ वटा योजना माग गरे अनुसार केन्द्रीय स्तरीय ३ ओटा योजना छनोट गरेका छन ।
चौलानि चोचेबगड देखि हुनैनाथ मन्दिर सम्म चौलानि लिप्टिङ खानेपानि योजना, चोचेबगड रुईना बिच बितथ्ड हुँदै वडा कार्यलय सम्म सडक, चोरोखोला बन्नलि खेतालि चोचेबगड सिचाईको लागि योजना को माग राख्दै नेपाली कांग्रेस जिल्ला कार्यसमितिलाई बुझाउने निर्णय गरेको वडा सभापति दिपक साउँदले जानकारी दिनुभयो ।