दिपक खाती दार्चुला – लेकम गाउँपालिका वडा नम्बर १ स्थिति खेतालि बडिपुर सडक खण्डको रकम कटौति गरेको छ । २०७८÷०७९ मा विनियोजन गरेको २१ लाख बाट ४ लाख रकम कटौती गरेर कोठार सामुदायिक भवनमा हालेको भन्दै स्थानियहरुले बिरोध जनाएको वडा नम्बर १ का वडा अध्यक्ष दौलत सिह साउँदले बताउनुभयो।
बिकासका पूर्वाधार मध्येको एउटा प्रमुख तत्व सडकको रकम यसरी व्यक्तिगत चाहना अनुसार टुक्र्याएकोमा सर्वत्र विरोध भएको छ। यश सडकको बजेट टुक्रयाउन नपाउने भए पनि सामुदायिक भवनको लागि टुक्र्याको भन्दै स्थानियहरुले बिरोध जनाईरहेका छन ।
सडकमा रकम थप गरेर स्तरोन्नति गर्नुको साटो भएको रकम पनि अरु योजनामा हालेर विवादास्पद निर्णय गरेको प्रति कार्यपालिका देखि जनताहरु रुष्ट भएका वडा अध्यक्ष दौलत साउँदले बताउनु भयो । गाउँसभामा नै केही सदस्यहरुले सडकमा बिनियोजन गरेको रकम काट्न नपाउने भन्दै बिरोध जनाएको थियो ।
बिरोध जनाउदा जनाउदै सडकको बजेट टुक्यएको भन्दै वडा नम्बर १ का जनता रुष्ट भएका छन वडा अध्यक्ष साउदले भन्नू भयो । स्थानियहरुले बिनियोजन गरेको रकमलाई नटुक्र्याउन दिन सडकको रकम सडकमै खर्च गरिदिन भन्दै गाउँपालिकालाई निबेदन दिएको स्थानीय दिपक बिष्टले जानकारी दिनुभयो ।