शैल्यशिखरमा मिलको फितामा बेरिंदा एक जनाको मृत्यु

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाजका एक पुरुषको  पिसानी मिलमा बेरिएर मृत्यु भएको छ ।

आफ्नै  पिसानी मिलमा आईतबार करेन्ट सर्ट हुदाँ बिहान ९ बजे तिर बेरिएर ५० वर्षीया धनसिह धामीको घटनास्थलमै ज्यान गएको मृतकका आफन्तले बताएका छन ।

अन्न पिध्ने क्रममा यम सिबि बन्द गर्न जादा करेन्ट सर्ट भई मिलको फितामा बेरिदाँ च्यापिएर धामीको ज्यान गएको हो ।घटनाबारे बुझ्न मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षकको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

थप विवरण आउन बाँकी छ । मृतक धामीको शरीर टुक्रा, टुक्रा भएको छ । उनका श्रीमती र एक छोरा दुई छोरी छन् ।

Leave A Reply

Your email address will not be published.