दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका – ५ ओखडानिमा नेपाली कांग्रेस वडा कार्यसमितिको बैठक सम्पन्न भएको छ । आईतबार पाटिले बिभिन्न निर्णय गर्दै बैठक सम्पन गरेको हो ।
बैठकमा नेपाली कागेंस शैल्यशिखर ५ का कार्यसमिति सभापति मदन सिह डागाको सभातित्वमा भएको कार्यक्रममा नेपाली कांगेस जिल्ला कार्यसमिती सदस्य ईन्द्र सिह डागाको प्रमुख आथीत्यता रहेकोे थियो भने नेपाल बिद्यार्थी संघ जिल्ला सदस्य कृष्ण रावलको बिशीष्ट आथित्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा शैल्यशिखर कार्यपालिका सदस्य द्रोपती डागा, शैल्यशिखर नगरपालिका- ५ का उपसभापति कमल सिह डागा लगायत अन्य नेपाली कांग्रेस का नेता ,कार्यकर्ताहरुको उपस्थीति रहेको मालिकार्जुन खबर सहकर्मी राजेन्द्र सिह साउदले बतानुभयो ।
त्यस्तै गत माघमा नेपाली कांग्रेस बाट नेकपा एमालेमा प्रबेश गरेका नेपाली कागेंसका क्रियाशिल सदस्य तथा शैल्यशिखर नगरपालिका कार्यपालीका सदस्य गोमती बादी र नेपाली कागेंसका क्रियाशिल सदस्य बिश्राम बादी फेरी नेपाली काग्रेशमा प्रबेश गरेका छन ।
एमालेमा प्रबेश गरेका कार्यपालिका सदस्य बादीले आज बिज्ञप्ती मार्फत बिभीन्न आर्थिक प्रलोभनमा फकाएको र योजना हालि दिने भनी पाटी प्रबेश गराएको बतानुभयो ।
