अनेरास्ववियु जिल्ला कमिटी दार्चुलाले माबि स्तरीय कमिटि गठन गर्दै

दार्चुला । अनेरास्ववियु जिल्ला कमिटी दार्चुलाले माबि स्तरीय कमिटिहरु गठन गरेको छ । मंगलबार दुहुगाउँपालीका वडा नम्बर २ गौरिलमाण्डौ हिकिलामा कक्षा ११–१२ र कक्षा ९–१० मा अध्ययरत विद्यार्थीहरु समेटेर छुट्टाछुट्टै कमीटी गठन गरेको हो ।

कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी सदस्य देवलाल महताको अध्यक्षतामा बसेको भेलाले कक्षा ११–१२ को कमिटिमा केशब कार्की अध्यक्ष रहने गरी ३० सदस्ययी माबि कमिटी गठन गरेको अनेरास्ववियु जिल्ला कमिटी सचिवालय सदस्य सन्तोष सिह ठगुन्नाले बताउनुभयो । कमिटिको उपाध्यक्षमा कलावती धामी ,सचिवमा राजेन्द्र जोशि ,सहसचिव बिनिता बम ,कोषध्यक्षमा गोबिन्द जोशि चयन भएका छन् ।

साथै कक्षा ९ र १० मा पनि कमिटी गठन गरेको छ । अध्यक्ष जिवन कार्की, उपाध्यक्ष राजमती कार्की ,सचिव सुबर्ण बम, सहसचिवमा पुष्कर बडाल कोषाध्यक्षमा दिनेश राज जोशि रहने गरी ३५ सदस्ययी कमीटी गठन गरेको अनेरास्ववियु जिल्ला कमिटी सचिवालय सदस्य सन्तोष सिह ठगुन्नाले जानकारी दिनुभयो ।

यसै बिच पिपल चौरी माबि बिणमा पनि मंगलबार नै कमीटी गठन गरेको छ । कमीटीको अध्यक्षमा महेश महरा ,उपाध्यक्षमा पुजा कुवर ,सचिवमा दिपक महरा ,सहसचिवमा समिता महरा ,कोषध्क्षमा किरण बम ,रहने गरी ३० सदस्ययी माबि कमिटी गठन गरेको छ ।

मावि विणमा अनेरास्ववियु जिल्ला कमिटि सदस्य देवलाल महताको अध्यक्षतामा संन्चलान गरिएको कार्यक्रममा नेकपा एमाले दुुहु गाउँपालिका कमिटि अध्यक्ष जंगबहादुर बम प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा गाउँपालिका कमिटि सदस्य रणबहादुर बम र पुर्व अनेरास्ववियु जिल्ला कमिटि सदस्य दिलानन्द जोशी विशिष्ट अतिथि रहेको कार्यक्रममा अनेरास्ववियु दार्चुला बहुमुखी क्याम्पस कमिटि मानविकी संकायका अध्यक्ष पदमराज जोशीले संचालन गरेका थिए ।

सम्पुर्ण नव कमिटीलाई अविर लाएर बधाई दिएको अनेरास्ववियु जिल्ला कमिटी सचिवालय सदस्य सन्तोष सिह ठगुन्नाले जानकारी दिनुभयो ।

Open photo

Leave A Reply

Your email address will not be published.