ब्यासको सिना तारकलामा पहिलो पटक गाडी पुग्दा स्थानीय हर्षित

दार्चुला – ब्यास गाउँपालिका सडकको पहुँच भन्दा टाढा रहेको बस्ती वडा नम्बर ३ सिना गाउँ हुँदै पवित्र धार्मिक तिर्थस्थल एवं पर्यटकिय क्षेत्र तातोपानी सम्म जोड्ने सडक आज दार्चुला सदरमुकाम देखि सिना तारकला सम्म गाडी , बाईक गुडाएर उद्घाटन गरिएको छ । ब्यास गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त्त सडक उद्घाटन गरिएको हो ।

गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीले जनता शीत गरेको बाचा प्रतिबद्धता पुरा गर्दै पहिलोपटक गाउँमा सडक संगै गाडी पुगाएको उपलक्ष्यमा हर्षित हुँदै स्थानीयले फुलमालाले भब्य स्वागत गरेको स्थानीय सन्तोष कुवरले जानकारी दिनुभएको छ । समयमै काम समपन्न गरेको भन्दै सडक निर्माणको ठेक्का पाएको ठेकेदार नरबहादुर बमं र सिनामा पहिलोपटक गाडी पुगाउने गाडी चालक जनक बम लाई पनि स्थानीयले फुलमालाले स्वागत गरेका छन् ।

सडक उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बुढाथोकीले अब निरन्तर रुपमा सिना सम्म ट्याक्टर, गाडी संचालन गर्न सडकको स्तरोन्नति गरिने र सडकका कारण उच्च जोखिममा रहेका घरहरू नजिक ग्याबिन जाली सहित पर्खाल हालिने बताउनु भएको छ ।

साथै सिनामा विद्युतिकरण गर्न पालिका तत्पर रहेको हुँदा यसै आर्थिक बर्ष भित्र सिनामा बिद्दुतीकरण सम्पन्न हुने समेत अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.