शैल्यशिखरको देबथलीमा नेपाली कांग्रेस को कार्यकर्ता भेटघाट तथा टोल समिती गठन

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ देबथलीमा नेपाली काग्रेंसको कार्यकर्ता भेटघाट तथा टोल समिती गठन सम्पन्न भएको छ ।

आईतबार नेपाली काग्रेंस शैल्यशिखर ७को आयोजनामा संचालन भएको कार्यक्रममा शैल्यशिखर नगरपालिका ७ का सभापति कमलापति जोशीको अध्यक्षतामा नेपाली कांग्रेस का नेता तथा शैल्यशिखर नगरपालिका नगर प्रमुख अम्मर सिह धामीको प्रमुख आतिथ्यता, र शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोपाल सिह धामी र ७ का वडा अध्यक्ष जयानन्द जोशी को बिशीष्ट आतिथ्यता रहेको थियो भने अन्य नेपाली काग्रेंसका नेता कार्यकर्ताहरुको सहभागितामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको नेपाली काग्रेंस ६ का सभापति राजेन्द्र सिह धामी ले बतानुभयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख अम्मर सिह धामीले नेपाली कांग्रेसलाई वैचारिक रुपले पुर्नजागरण गर्ने, पुर्नताजगी गर्ने, नेपाली कांग्रेसलाई संगठनात्मक रुपले चुस्त बनाउने, सुदुढ बनाउने, जनतामा माँझमा सबै भन्दा ठुलो पार्टी स्थापित गर्ने, एउटा महाअभियान भएको बताएका छन् ।

र समग्र शैल्यशिखर नगरपालिकाको बिकासका लागि नेपाली काग्रेंस पाटी बाहेक अन्य कुनै पाटीको  बिकल्प नभएको भन्दै अगामी बैशाखमा हुने स्थानिय चुनावमा मतदान गरी नेपाली काग्रेंसलाई जिताउन समेत आग्रह गर्नुभयो ।

त्यस्तै आज नै नेपाली काग्रेंसले टोल समिति पनि गठन गरेको छ । हरी प्रशाद जोशी संयोजक रहने गरी २४ सदस्यीय टोल समिती गठन गरेको हो । समितीको उप संयोजकमा घन जोशी चयन भएका छन ।

Leave A Reply

Your email address will not be published.