दार्चुला । स्थानीय तहको चुनाव नजिकिंदै गर्दा दार्चुलामा पनि राजनैतिक माहोल तातिएको छ । जिल्लामा विभिन्न पार्टीका नेता कार्यकर्ताहरु चुनावी कसरतमा होमिएका छन् । यस संगै जिल्लामा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी प्रवेश गर्नेहरुको भने लहर बढेको छ ।
आइतबार अपिहिमाल गाउपालिका वडा नम्बर ३ र ४मा भएको पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षण तथा गाउँघर अभियान कार्यक्रम अन्र्तरगत नेकपा एमाले दार्चुलाका क्रियासिल सदस्य तथा युवा संघका जिल्ला सदस्य सहित दर्जाैन बढी कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा प्रवेश गरेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी दार्चुलाका जिल्ला उपाध्यक्ष रूकम्ती जागरीले बतानुभयो ।